• १८ भदौ २०८३, बिहीबार
  • ५ः२९ बेलुका

प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोजेको अभियोगमा एकजना पक्राउ

प्रकाशित मिति

२०७६ मंसिर १२ गते, बिहीबार ०२:३०

काठमाडौं, जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोजेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–५ बस्ने २७ वर्षीय दिव्‍यप्रकाश चतुर्वेदी पक्राउ परेका हुन् ।

बुधबार बिहान चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ बस्ने एक व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काएर पैसा मागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Kamana Sewa

चतुर्वेदी हातहतियार खरखजना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेको व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया