सञ्चारकर्मी सुनिल खड्का जापानमा सम्मानित
प्रकाशित मिति
२०७६ मंसिर ९ गते, सोमबार ०२:१९
जापान, मकवानपुर जापान समाजले सञ्चारकर्मी सुनिल खड्कालाई सम्मान गरेको छ । मकवानपुर जापान समाजले आइतबार जापानको टोकियो सहरमा एक कार्यक्रमको आयोजना गरि खड्कालाई सम्मान गरेको हो ।
पत्रकारिता तथा सामाजिक क्षेत्रमा कृयाशिल रहि खड्काले समाजमा पुर्याउनु भएको योगदानको कदर गर्दै खड्कालाई सम्मान गरिएको मकवानपुर–जापान समाजका अध्यक्ष बच्चुराम अर्यालले जानकारी दिनुभयो । खड्का अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल स्वकीय सचिव तथा प्रेस सल्लाहकार हुनुहुन्छ भने हेटौंडामा रहेको रेडियो सन्देश १०६.९ मेगाहर्जका अध्यक्ष र निकास साप्ताहिकको प्रकाशक समेत हुनुहुन्छ ।
विगत १७ बर्षदेखी निरन्तर पत्रकारिता क्षेत्रमा खड्का कृयाशिल हुनुहुन्छ । कार्यक्रममा भिजिट नेपाल–२०२०, नेपालाको समग्र शैक्षिक अवस्था, नेपालमा रोजगारीको संभावना र अवसर लगायतका बिषयमा बृहत अन्तर्कृया पनि गरिएको थियो ।






प्रतिकृया