• ३ असोज २०८३, शनिबार
  • ६ः०८ बेलुका

अनेरास्ववियुद्धारा सरकारको निर्देशन समयमै पालना गर्न मेडिकल कलेजलाई आग्रह

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार ०२:३५

काठमाडौँ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मेडिकल कलेजलाई सरकारले दोस्रो पटक दिएको निर्धारित समयभित्र शुल्क समायोजन गरी कार्यान्वयन गर्न आग्रह गरेको छ ।

National Life

आइतबार अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गरेका छन् । प्रेस विज्ञप्ति मार्फत सरकारले दिएको १५ दिनको समयभित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारलाई आग्रह गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया