• ४ असोज २०८३, आइतबार
  • ११ः४३ राती

हङकङमा आन्दोलित पक्षधरको जित

प्रकाशित मिति

२०७६ मंसिर ९ गते, सोमबार ०२:४४

एजेन्सी, हङकङमा आइतबार भएको जिल्ला परिषद्को चुनावमा हङकङवासीले सानदार जित हात पारेका छन् । आज बिहानसम्मको मतगणनामा सरकारविरोधी उम्मेदवारले १८ मध्ये १७ जिल्लामा चुनाव जितेका छन् । २७८ सिटमा प्रजातन्त्र पक्षधर उम्मेदवारले विजय हासिल गरेका छन् ।

National Life

सन् २०१५ को चुनावबाट बनेका जिल्ला परिषद चीन समर्थित पार्टीको दबदबा थियो । आन्दोलनकारीले चुनावलाई पनि आन्दोलनकै एक हिस्सा बनाएका थिए । उनीहरूले सबै क्षेत्रमा उम्मेदवार मात्र दिएनन्। सक्रियताका साथ मतदानमा पनि भाग लिए। यसपालि सरकारविरोधी आन्दोलन गरिरहेका धेरै युवा जिल्ला परिषदमा उम्मेदवार बनेका थिए।

आइतबारको चुनावमा २९ लाखभन्दा बढी मतदाताले भोट हालेका थिए। यहाँ ७१.२ प्रतिशत मत खसेको थियो । चार वर्ष अघि यहाँ नै भएको चुनावमा ४७ प्रतिशतले मात्र मत हालेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

हङकङको सबैभन्दा ठूलो संस्थापन पक्षधर पार्टी डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोगेस अफ हङकङले २१ सिट जितेको छ भने बेङजिङ पक्षधरले ४२ सिट हात पारेका छन्। २४ जना स्वतन्त्र उम्मेदवारले पनि जित हात पारेका छन् ।

प्रतिकृया