ईनरह्वील क्लबद्धारा कटुन्जेमा निशुल्क स्वास्थ्य शिविरको आयोजना
प्रकाशित मिति
२०७६ मंसिर ८ गते, आईतवार १०:४६
भक्तपुर, ईनरह्वील क्लब अफ भक्तपुर तथा सुर्यबिनायक नगरपालिका वडा नं.५ को संयुक्त आयोजनामा आज निशुल्क महिला स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । कटुन्जे स्वास्थ्य चौकीको प्राङ्गनमा आयोजित शिविरमा एक सय जना महिलाले स्वास्थ्य जाँचको सेवा प्राप्त गरेका छन् । पाटन महालक्ष्मी स्थानमा रहेको गणेशमानसिंह मेमोरियल अस्पतालका स्त्री रोग बिशेषज्ञ डा. मधु तुम्बाहाम्फे नेतृत्वको टोलीले स्वास्थ्य जाँच ,पाठेघर,ब्लड प्रेसर,जाँच लगायतका सेवाहरु प्रदान गरेको थियो ।
टोलीमा गठ्ठाघरस्थित हेल्दी हार्ट क्लिनीकका डा.बिना श्रेष्ठ समेत सहभागी हुनुहुन्थ्यो । बिरमीलाई आवश्यकता अनुसार गणेशमानसिंह मेमोरियल अस्पतालका डा.अनुप शाक्यले निशुल्क भिडीयो सेवा उपलब्ध गराउनुभयो ।भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा महिला दिदी बहिनीको प्यास स्मेर जाँच र कटुन्जे हेल्थपोष्टको सहयोगमा निशुल्क ब्लड सुगर जाँच उपलब्ध गराईएको थियो । शिविरमा चक्रवर्ती हवी एजुकेशन एकेडेमीका बिएस्सी तेस्रो बर्षका बिद्यार्थीहरु स्वयंसेवकको रुपमा परिचालित थिए । ईनरह्वील क्लब अफ भक्तपुरको तर्फबाट अध्यक्ष रीना ताम्राकारले कटुन्जे स्वास्थ्य चौकीका लागि ल्याबका बिभिन्न उपकरण समेत प्रदान गर्नुभयो ।

कार्यक्रममा वडाध्यक्ष राजकुमार जोशी,स्वास्थ्य चौकी प्रमुख कृष्ण अधिकारी, ,स्वास्थ्य चौकीका कर्मचारी ,स्वास्थ्य स्वयंसेवीका,बिभिन्न क्लबका सदस्य तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।शिविरमा ओम फर्मा स्युटिकल ल्याबोरेटरी र गणेशमान सिंह मेमोरियल अस्पतालले निशुल्क औषधी समेत बितरण गरेका थिए ।कार्यक्रममा सहयोगी डाक्टर तथा संघ संस्थालाई प्रशंसापत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।






प्रतिकृया