• ४ असोज २०८३, आइतबार
  • १०ः०७ राती

अर्जेन्टिना र उरुग्वेबीच २–२ गोलको बराबरीमा खेल सम्पन्न

प्रकाशित मिति

२०७६ मंसिर ३ गते, मंगलवार ११:५०

एजेन्सी, अर्जेन्टिना र उरुग्वेबीचको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल २–२ गोलको बराबरीमा सम्पन्न भएको छ । इजरायलको तल अभिभमा गएराती भएको खेलको इन्जुरी समयमा लियोनल मेस्सीले एक गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका हुन् ।

National Life

खेलमा उरुग्वेका लागि इडिन्सन काभानी र लुइस स्वारेजले गोल गरेका थिए भने अर्जेन्टिना लागि सर्जियो अगुएरो र लियोनल मेस्सीले एकएक गोल गरेका थिए । अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्धपछि अर्जेन्टिनाका लागि मेस्सीको यो लगातार दोस्रो खेलको गोल हो ।

शुक्रवार ब्राजिल विरुद्धको मैत्रिपूर्ण खेलमा मेस्सीले निर्णायक गोल गरेका हुन । गत जुलाईमा दक्षिण अमेरिकी फुटबल महासंघ र त्यसका अध्यक्षलाई भ्रष्टाचारीको संज्ञा दिएपछि मेस्सीमाथि तिन महिनाको प्रतिबन्ध तथा ५० हजार अमेरिकी डलर जरिवाना गराईएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया