• ६ असोज २०८३, मंगलबार
  • ७ः३४ बिहान

आक्रमणमा २४ सैनिक मारिए

प्रकाशित मिति

२०७६ मंसिर ३ गते, मंगलवार १२:०४

एजेन्सी, अफ्रिकी मुलुक मालीमा लडाकु समूहले गरेको आक्रमणमा परि २४ सैनिक मारिएका छन् । माली, निगरले गाओ सीमा क्षेत्रमा सञ्चालन गरेको संयुक्त सैनिक कारवाहीको क्रममा २९ जना सैनिक घाइते भएको बताइएको छ । माली सैनिकले निजरतर्फ १७ जना लडाकु मारिए र एक सय जनालाई पक्राउ गरेको जनाएको छ ।

National Life

सोमबारको आक्रमणको विषयमा सबै विवरणहरु स्पष्टसँग आएको छैन । अधिकारीहरुले आक्रमण गर्ने समूह कुन हो भनेर केही जानकारी गराएका छैनन् । माली सेनाले आफ्नो ट्विटर एकाउन्टमा जलेका मोटर साइकलहरुको तस्वीर राखेको छ । सो घटनामा ७० मोटरसाइकल जलेको जनाएको छ ।

प्रतिकृया