• २१ जेठ २०८३, बिहीबार
  • ३:३८ बेलुका

ढकाल १० केजी तौलको हो भने अरु उम्मेदवार एक केजीको मात्र हो : सासंद बस्नेत

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार १२:५७

भक्तपुर ,  भक्तपुर क्षेत्र नं.१ क निर्वाचन प्रचार प्रसार समितीले आयोजना गरेको चुनावी घरदैलो कार्यक्रममा जनताले आफ्नो मत सुरक्षित र प्रभावकारी हुने राजनीतिक नेकपाको सूर्य चिन्हका उम्मेदवार डिपी ढकाललाई विजयी गराउने स्वतस्फूर्त उद्घोष गरेका छन् । सयौंको स्वतस्र्फुत निस्किएको स्थानीय वासीको टोलीले गाउँ गाउँमा चुनावी प्रचार प्रसार गरेका छन ।

चाँगुनारायण नगरपालिकाको वडा नं. ४ मा आयोजीत चुनावी प्रचार प्रसार कार्यक्रम उल्लासमय रहेको थियो । स्थानीयवासीको साथमा नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपाका प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताको सारथी नेकपा भएको बताउँदै दुखी र गरीब जनताको हातमा हात काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता जनाउँनु भएको थियो । नेकपाको उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन जनतालाई आग्रह गर्नुभयो ।

Kamana Sewa

कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले नेकपा विकास र समृद्धिको साथमा राष्ट्रियतालाई सुदृढ गर्न सक्ने पार्टी भएको उल्लेख गर्नु भएको थियो । देशमा रोजगारी तथा आर्थिक समृद्धिका विशेष अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै उहाँले देशमा नै उत्पादनको विकास गरी बजारको विस्तार गर्न सक्ने एउटै मात्र पार्टी नेकपा भएको ठोकुवा दिनु भएको छ ।

Classic Tech Desktop

प्रतिकृया