• २८ भदौ २०८३, आइतबार
  • ११ः४३ बिहान

एनसेल ल्यायो ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर

प्रकाशित मिति

२०७६ कार्तिक २७ गते, बुधबार ०३:२८

काठमाडौं, एनसेल प्राइभेटले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट रु १ को दरमा देश भित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रति मिनेट रु १.९९ लाग्दछ ।

National Life

यो अल नेट भ्वाइस प्याक मंगलबार देखि सञ्चालनमा आएको छ । यस प्याक अन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने कर बाहेक रु २० कर सहित रु २५.५४ मा लिन सक्नेछन् । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ ह्यास डायल गर्न सक्छन् । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । यो अफर माघ २६ गते सम्म संचालनमा रहने छ ।

प्रतिकृया