• २६ भदौ २०८३, शुक्रबार
  • १२ः२० राती

नेपाल र भारतको सम्बन्ध बिगार्न निहित स्वार्थ भएकाहरुको सक्रियता बढ्दो

प्रकाशित मिति

२०७६ कार्तिक २२ गते, शुक्रबार ०९:५२

काठमाडौं, भारतले नेपालसँगको सम्बन्ध बिगार्न निहित स्वार्थ भएकाहरु सक्रिय रहनसक्ने भन्दै सचेत हुनुपर्ने बताएको छ । उसले नेपाल र भारत दुवै देशबीच असमझदारी सृजना गर्न खोज्नेप्रति सचेत हुनुपर्नेमा जोड दिएको हो ।

National Life

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहिबार नियमित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा भने, ‘हाम्रो दुई देशबीच असमझदारी निर्माण गर्न खोज्ने निहित स्वार्थ भएकाबाट सतर्क हुनुपर्छ ।’ भारतले कालापानीलाई राजनीतिक नक्शामा समावेश गरेपछि नेपालमा उत्पन्न विरोधपछि भारतको पछिल्लो भनाई आएको हो ।

दुई देशबीच नाकाबन्दीपछि सहज बनेको सम्बन्धमा समस्या आउनसक्ने सम्भावनाबीच भारतको भनाईलाई अर्थपूर्ण मानिएको छ । भारतले नेपालसँगको सीमा नक्शामा कुनै पुनरावलोकन नगरेको पत्रकार सम्मेलनमा जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतको राजनीतिक नक्शालाई नेपालले अमान्य भनिसकेको छ । परराष्ट्रमन्त्रीले विज्ञप्ति नै जारी गरेर भारतको राजनीतिक नक्शा नमान्ने भन्दै कुटनीतिक माध्यमले समस्या समाधान गरिने समेत जनाएको छ । भारतले पनि कुटनीतिक माध्यमले दुई देशबीचका समस्या समाधान निकालिने उल्लेख गरेको छ ।

प्रतिकृया