• २४ भदौ २०८३, बुधबार
  • ४ः०४ बेलुका

प्रधानमन्त्री ओलीद्धारा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास

प्रकाशित मिति

२०७६ कार्तिक ४ गते, सोमबार ०४:२४

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको सिस्नेखोलाबाट काठमाडौँको नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास गर्नुभएको छ । चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले सुरुङमार्ग शिलान्यास गर्नुभएको हो ।

National Life

सडक विभाग अन्तर्गतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिएको छ । सुरुङमार्गको डिजाइन पनि जापान सरकारले गरेको हो । काम थालेको साढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।

प्रतिकृया