• १९ भदौ २०८३, शुक्रबार
  • ६ः०१ बिहान

महरालाई म्याद थपका लागि फेरि अदालत लगिँदै

प्रकाशित मिति

२०७६ कार्तिक ३ गते, आईतवार ०१:४६

काठमाडौं, निवर्तमान सभामुख कृष्णबहादुर महरालाई फेरि म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिँदैछ । थपिएको समयमा पनि अनुसन्धान पूरा नभएपछि महरालाई आज दिउँसो अदालत लगिन लागेको हो ।

यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकेको छैन । अघिल्लो पटक तीन दिन म्याद थप भए पनि महराले बयान दिन नमानेपछि प्रहरीले अनुसन्धान पूरा गर्न सकेको छैन । म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरी अधिकारीहरुले बताएका छन् ।

Kamana Sewa

जबरजस्तीकरणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ ।

Classic Tech Desktop

प्रतिकृया