• २१ असोज २०८३, बुधबार
  • १२ः४७ दिउँसो

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

प्रकाशित मिति

२०८३ आश्विन २१ गते, बुधबार १२:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

National Life

राष्ट्र बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट उक्त रकम उठाउन लागेको हो। असोज २१ गते बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ भने यसको भुक्तानी कात्तिक १८ गते हुनेछ।

निक्षेप संकलनका लागि ब्याजदरमा आधारित बोलकबोल प्रक्रिया अपनाइनेछ। बोलकबोल अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि १० करोड रुपैयाँकै दरले बढाउँदै अधिकतम ३० अर्ब रुपैयाँसम्म बोल गर्न सक्नेछन्।

प्राप्त बोलमध्ये कम ब्याजदरलाई प्राथमिकता दिँदै कुल ३० अर्ब रुपैयाँसम्म रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया