कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
प्रकाशित मिति
२०८३ आश्विन २१ गते, बुधबार ०८:५३
२१ असोज २०८३ काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको हो ।
प्रकाशित नामावलीअनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, वरिष्ठ उपसभापति एक पदका लागि विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीमा वरिष्ठ उपसभापतिमा शर्माको एकल उम्मेदवारी रहेको उल्लेख छ । निर्वाचन समितिका अनुसार प्रारम्भिक नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ । सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भइसकेकाले अब निर्वाचन समितिले दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्नेछ ।








प्रतिकृया