गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
प्रकाशित मिति
२०८३ आश्विन २० गते, मंगलवार ०६:०४
२० असोज २०८३ काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औँ महाधिवेशनमा पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए ।
कांग्रेसको १४औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए । गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिलाई आधार बनाउँदै कांग्रेसले विशेष महाधिवेशन आह्वान गरेको थियो ।
यसपटक सभापति पदमा थापासँग प्रतिस्पर्धा गर्न किशोरसिंह राठौरले पनि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, श्यामकृष्ण खड्कीले समेत सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । सभापति पदमा अन्य नेताहरूले समेत उम्मेदवारी दर्ता गराउन सक्ने सम्भावना रहेको छ । कांग्रेसले उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ६ बजेसम्मको समय तोकेको छ ।








प्रतिकृया