• १५ असोज २०८३, बिहीबार
  • ९ः४७ बिहान

१५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता

प्रकाशित मिति

२०८३ आश्विन १५ गते, बिहीबार ०९:१४

१५ असोज २०८३ काठमाडौं — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको मतभेद १५औँ महाधिवेशनमार्फत समाधान गर्दै कांग्रेसलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत देउवाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

National Life

देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि वडा अधिवेशन सुरु गर्दैछ। सोही सन्दर्भमा देउवाले वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

पार्टीको झण्डै आठ दशक लामो इतिहासमा १५औँ महाधिवेशन महत्वपूर्ण रहेको देउवाले उल्लेख गरेका छन्। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि कांग्रेसले गरेको त्याग, बलिदान तथा संघर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्वपूर्ण हुने उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

देउवाले देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गर्दै हुने अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सफलतापूर्वक सम्पन्न गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। देउवा समूहले १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिकाबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ।

प्रतिकृया