• १३ असोज २०८३, मंगलबार
  • १२ः५८ दिउँसो

सानिमा बैंकको साधारणसभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित

प्रकाशित मिति

२०८३ आश्विन १३ गते, मंगलवार १२:३४

काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा २०८३ असोज १२ गते सम्पन्न भएको हो ।

National Life

साधारणसभाबाट बैंकको सर्वसाधारण सेयरधनी समूह (समूह ‘ख’) का तर्फबाट आगामी चार वर्षका लागि दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुने सञ्चालकमा महेश घिमिरे र तेजबहादुर चन्द रहेका छन् ।

त्यस्तै, साधारणसभाले आर्थिक वर्ष २०८३/८४ को बाह्य लेखापरीक्षणका लागि काठमाडौंस्थित एस.ए.आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । साधारणसभाले बैंकको आगामी कार्यदिशा तथा वित्तीय व्यवस्थापनसम्बन्धी विषयमा समेत निर्णय गरेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया