• ८ असोज २०८३, बिहीबार
  • ३ः१४ दिउँसो

भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द

प्रकाशित मिति

२०८३ आश्विन ८ गते, बिहीबार ०३:०८

८ असोज २०८३ काठमाडौं — अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमन बन्द गरेको छ। जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा आगामी केही दिन भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको भन्दै यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि प्रशासनले यस्तो निर्णय गरेको हो।

National Life

प्रशासनका अनुसार आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा सम्पूर्ण सवारीसाधनको आवागमन बन्द रहनेछ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेकी छन्। साथै, जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया