• ५ असोज २०८३, सोमबार
  • ३ः२० दिउँसो

प्रसूति बिदा ६ महिना, बुबालाई ४२ दिन स्याहार बिदाको प्रस्ताव

प्रकाशित मिति

२०८३ आश्विन ५ गते, सोमबार ०२:३०

५ असोज २०८३, काठमाडौं । सरकारले आमालाई ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिन तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

National Life

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट मन्त्री निशा मेहताद्वारा प्रस्तुत गरिएको विधेयकले कामकाजी महिला तथा पुरुष कर्मचारीका बिदा सम्बन्धी व्यवस्थामा उल्लेख्य परिमार्जन गरेको छ ।

प्रस्तावित विधेयकअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि गरी कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा पाउनेछन् । पूर्ण स्तनपानलाई प्रोत्साहन गर्ने तथा आमा र शिशुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, गर्भवती महिलाका पुरुष पति कर्मचारीले पत्नीको स्याहारका लागि ४२ दिन तलबसहितको प्रसूति स्याहार बिदा पाउने प्रस्ताव गरिएको छ । मृत शिशु जन्मिएमा वा जन्मिएपछि शिशुको मृत्यु भएमा महिलालाई ९८ दिनसम्म तलबसहितको बिदा दिने व्यवस्था पनि विधेयकमा समेटिएको छ ।

विधेयकमा बलपूर्वक गर्भपतन तथा गर्भवती र सुत्केरी महिलामाथि हुने शारीरिक, मानसिक वा यौनजन्य हिंसालाई कसुरका रूपमा समेट्ने प्रस्ताव गरिएको छ । विपद्का समयमा प्रसूति तथा गर्भपतन सेवामा प्राथमिकता दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

प्रतिकृया