• ५ असोज २०८३, सोमबार
  • २ः५६ दिउँसो

त्रिपुरेश्वरमा चालकले बसमा किन लगाए आगो?

प्रकाशित मिति

२०८३ आश्विन ५ गते, सोमबार ०१:५५

५ असोज २०८३ काठमाडौं — काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफूभित्रै बसेर बसमा आगो लगाएका छन् । बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक २५ वर्षीय दावा लामाले बसमा आगो लगाएको प्रहरीले जनाएको छ । घटनाका बेला बसमा कुनै पनि यात्रु नभएको प्रहरीले जानकारी दिएको छ ।

National Life

चालक लामा बसभित्रै बसेर आगो लगाएपछि बसमा ह्वारह्वार्ती आगो लागेको थियो । आगलागी भएपछि घटनास्थलमा पुगेको दमकलले आगो निभाएको थियो ।

आफैँले लगाएको आगोबाट जलेर घाइते भएका लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चालकले आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण खुलिसकेको छैन । प्रारम्भिक रूपमा ट्राफिक प्रहरीसँगको विवादका कारण उनी आक्रोशित भएर यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकाले यसबारे विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् ।

प्रतिकृया