• १ असोज २०८३, बिहीबार
  • ४ः२७ बेलुका

सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न

प्रकाशित मिति

२०८३ आश्विन १ गते, बिहीबार ०४:२०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा रणनीतिक वृद्धि तथा बजेट समीक्षा सम्बन्धी सेमिनार सम्पन्न गरेको छ।

National Life

‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स (०८३/८४)’ नामक सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको थियो। केन्द्र र प्रदेशबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत कार्यक्रममा अन्तरक्रिया भएको बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सिटिजन्स बैंकले सुदूरपश्चिम प्रदेशका सात जिल्लामा १० वटा शाखा सञ्चालन गर्दै आएको छ। यसअघि बैंकले बागमती, कोशी र मधेश प्रदेशमा समेत प्रदेशगत रणनीतिक वृद्धि तथा व्यवसाय विस्तारसम्बन्धी सेमिनार आयोजना गरिसकेको छ। सोही कार्यक्रमको निरन्तरताका रूपमा सुदूरपश्चिममा सेमिनार आयोजना गरिएको र अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। बैंकको खुद नाफा पनि ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

बैंकले पछिल्लो समय डिजिटल तथा लक्षित ग्राहक सेवामा समेत विस्तार गरेको जनाएको छ। फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्मसमेत सञ्चालनमा ल्याएको छ। त्यस्तै, फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ अकाउन्ट’, मोबाइल बैंकिङ एपबाट शेयर आवेदन तथा सीआरएन नम्बर लिन सकिने सुविधा र क्रस बैंक टेलर सेवासमेत उपलब्ध गराएको बैंकको भनाइ छ।

सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को अवार्ड समेत प्राप्त गरेको थियो।

प्रतिकृया