• १ असोज २०८३, बिहीबार
  • ४ः३२ बेलुका

नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै

प्रकाशित मिति

२०८३ आश्विन १ गते, बिहीबार ०३:१०

काठमाडौं । आज असोज १ गतेदेखि असोज ४ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ ।

National Life

नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भईरहेको उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घर/जग्गा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गरिरहेको छ ।

ग्राहकहरुको आवश्यकता अनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तिय सेवा उपलब्ध गराउउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यका साथ बैंकले सहभागिता जनाएको बताएको छ । हाल विकास बैंकहरुमा सबैभन्दा प्रतिस्पर्धी ब्याजदरमा घर/जग्गा खरिद तथा घर निर्माण कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्ने जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्नेछ । भदौ महिनाको लागि हाल बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ जसको प्रत्यक्ष लाभ घर/जग्गा खरिद तथा घर निर्माण कार्यको लागि कर्जा लिने ग्राहकहरुले लिन सक्नेछन् ।

महालक्ष्मी विकास बैंक मार्फत कर्जा लिन चाहाने ग्राहकहरुले स्टल नम्बर ए२१ मा गई सम्पर्क गर्न सक्नेछन् । प्रर्दशनीमा बैंकका प्रतिनिधिहरुले ग्राहकसँग प्रत्यक्ष अन्र्तक्रिया गरी कर्जा प्रक्रिया तथा विभिन्न बैकिङ्ग सुविधाहरु बारे आवश्यक जानकारी तथा परामर्श प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिकृया