• १ असोज २०८३, बिहीबार
  • १२ः३१ दिउँसो

करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै

प्रकाशित मिति

२०८३ आश्विन १ गते, बिहीबार ११:०१

१ असोज २०८३ काठमाडौं — अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गर्ने भएको छ।

National Life

आन्तरिक राजस्व विभागका अनुसार लाजिम्पाटस्थित विभागको सभाहलमा कार्यक्रम आयोजना गरी विजेताको घोषणा गरिनेछ। विभागले प्रत्यक्ष घोषणा कार्यक्रममा सञ्चारकर्मीलाई उपस्थित हुन आग्रह गरेको छ।

यसअघि भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो। विभागका अनुसार भदौ महिनाका लागि ३३ जना विजेताको नाम सार्वजनिक गरिनेछ। तीमध्ये ३१ जनाले जनही १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने २ जनाले बम्पर उपहार प्राप्त गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया