• १ असोज २०८३, बिहीबार
  • १२ः३३ दिउँसो

भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता

प्रकाशित मिति

२०८३ आश्विन १ गते, बिहीबार १०:५४

१ असोज २०८३ काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजेसम्म १ हजार ४०९ जनाको शव फेला परेको छ।नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १९९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जना छन्। यस्तै, काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ।

National Life

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३७ शवको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९१४ गरी कुल ३ हजार २०० वटा डीएनए नमुना सङ्कलन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, पहिचान हुन बाँकी १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार बाढीपछि बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ३ जना बाढी प्रभावितलाई राखिएको छ।

प्रतिकृया