• २४ भदौ २०८३, बुधबार
  • ९ः१९ बिहान

नेकपाको चियापान आज

प्रकाशित मिति

२०७६ आश्विन २९ गते, बुधबार ११:३३

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । नेकपाले बडादशैं, दीपावली, नेपाल सम्बत् ११४० तथा छठ पर्वको अवसर पारेर बुधबार चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

National Life

भृकुटीमण्डपमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका नामबाट १ लाख जनालाई नेकपाले निम्ता गरेको छ । तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीले थालेको शुभकामना तथा चियापान कार्यक्रमलाई नेकपाले निरन्तरता दिएको छ ।

चियापान कार्यक्रममा मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता–कार्यकर्ता, सर्वसाधारण तथा अपराह्न ३ बजेदेखि ५ बजेसम्म राजनीतिक दलका नेताहरु, मन्त्री तथा सांसदहरु, संवैधानिक अंगका पदाधिकारी, सरकारका उच्चपदस्थ पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सेवानिवृत्त पदाधिकारी, विभिन्न पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको पार्टीका महासचिवले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया