आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन मनाइँदै
प्रकाशित मिति
२०८३ भाद्र २६ गते, शुक्रबार ०९:१६
२६ भदौ २०८३ काठमाडौं — आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी। नेपाली समाजमा बाबुको सम्मान र सम्झना गर्ने दिनका रूपमा आज कुशे औँसी मनाइँदैछ। यस दिनलाई विशेषगरी बाबुको मुख हेर्ने दिनका रूपमा मनाउने चलन छ।
कुशे औँसीका अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मिठाइ, फलफूल, कपडा तथा विभिन्न उपहार दिएर सम्मान गर्ने गर्छन्। टाढा रहेका सन्तानले फोन तथा भिडियो कलमार्फत बाबुलाई सम्झिने र शुभकामना दिने गरेका छन्।
धार्मिक परम्पराअनुसार कुशे औँसीका दिन घरमा कुश भित्र्याउने चलनसमेत रहेको छ। वैदिक संस्कारमा पवित्र मानिने कुश विभिन्न धार्मिक तथा संस्कारजन्य कार्यमा प्रयोग गरिन्छ।
यस दिन बाबुको योगदान, त्याग र मायाप्रति कृतज्ञता व्यक्त गर्दै परिवारसँगै बसेर कुशे औँसी मनाउने गरिन्छ। दिवंगत बाबुको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने परम्परासमेत रहेको छ।
Related
Recent News
- कृष्णभीरको सडक भदौभित्रै सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र
- आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन मनाइँदै
- बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया