• २२ भदौ २०८३, सोमबार
  • ३ः४१ दिउँसो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग

प्रकाशित मिति

२०८३ भाद्र २२ गते, सोमबार ०३:३९

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

National Life

रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनालाई तीव्रता दिन सरकारसँग आग्रह गरे। उनले सुरुङमा फसेका तथा अलपत्र नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै प्रभावित क्षेत्रमा भत्किएका पूर्वाधारको पुनर्निर्माण युद्धस्तरमा अघि बढाउन माग गरे।

विपद् व्यवस्थापन, बेपत्ताको खोजी तथा विस्थापितको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको पौडेलले बताए।

Classic Tech Desktop

प्रतिकृया