• २३ भदौ २०८३, मंगलबार
  • २ः०५ राती

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

प्रकाशित मिति

२०८३ भाद्र २२ गते, सोमबार ०९:२२

 २२ भदौ २०८३ काठमाडौं — रसुवाको भोटेकोशी नदीमा गत १० भदौमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ। मन्त्रिपरिषद्को १८ भदौमा बसेको बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

National Life

राष्ट्रिय शोकका अवसरमा नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी अहिलेसम्म १ हजार ३४२ जनाको मृत्यु भएको छ भने ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन्।

बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन्। खोज, उद्धार तथा राहत कार्यका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ भने बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९१ जनाको उद्धार गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया