• २० भदौ २०८३, शनिबार
  • १२ः०० दिउँसो

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा ड्रोन परीक्षण

प्रकाशित मिति

२०८३ भाद्र २० गते, शनिबार ११:४४

२० भदौ २०८३ काठमाडौं — बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन प्रयोग गरिने ड्रोन त्रिशूलीमा परीक्षण गरी प्रयोगमा ल्याइएको छ। चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा खाद्यान्नलगायत राहत सामग्री ढुवानीका लागि चारवटा ड्रोन उपलब्ध गराएको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार ती ड्रोनले अधिकतम १०० किलोग्रामसम्म भार बोक्न सक्छन्।

National Life

एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री ढुवानी गर्न सक्ने ड्रोन अब रसुवालगायत बाढी प्रभावित क्षेत्रमा परिचालन गरिनेछ। दुर्गम तथा सडकमार्गबाट तत्काल पुग्न कठिन क्षेत्रमा राहत सामग्री पुर्‍याउन ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया