• २० भदौ २०८३, शनिबार
  • ११ः५८ बिहान

सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग

प्रकाशित मिति

२०८३ भाद्र २० गते, शनिबार ११:३०

काठमाडौं । मानव धर्मका प्रणेता एवं भारतको उत्तर प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकको उद्धार तथा राहतका लागि १० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

National Life

गएको भदौ १० गते नेपालको रसुवास्थित भोटेकोशीमा भीषण बाढी आएदेखि नै गहिरो दुःख व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाल र नेपाली जनताको पक्षमा उभिने प्रतिबद्धता जनाएका थिए ।

साथै सम्पूर्ण उत्तराखण्ड र भारत सरकार नेपाललाई आवश्यक पर्ने हरेक सहयोगका लागि तयार रहेको स्पष्ट पार्दै उनले यो दुःखको घडीमा सबैलाई संयमित रहन र पीडितसँग ऐक्यबद्धता जनाउन अपिल गरेका थिए । यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीको विशेष उपस्थितिमा बाढीका मृतकहरूको स्मरणमा एक श्रद्धाञ्जली सभासमेत सम्पन्न भइसकेको छ ।

Classic Tech Mobile

सोही ऐक्यबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै मन्त्री सतपालजी महाराज आज दिल्लीस्थित नेपाली राजदूतावासमा पुगेका थिए । उनले दूतावासका कार्यवाहक राजदूत डा। सुरेन्द्र थापालाई भेट गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैविप्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी १० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

विपद्को यस कठिन घडीमा प्राप्त भएको यस मानवीय सहयोगप्रति नेपाल पक्षले आभार प्रकट गरेको छ ।

प्रतिकृया