• १९ भदौ २०८३, शुक्रबार
  • ५ः०७ बेलुका

त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश

प्रकाशित मिति

२०८३ भाद्र १९ गते, शुक्रबार ०५:०६

१९ भदौ २०८३ काठमाडौं — माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका थप व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेनासँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी पनि सुरुङभित्र प्रवेश गरेका छन् । भूमिगत विद्युत् गृहमा फसेका मानिसहरू बसेको हुनसक्ने सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिकहरू सेनाको उद्धार टोलीसँगै सुरुङमा प्रवेश गरेका हुन् ।

नौ दिनसम्मको निरन्तर प्रयासपछि आज बिहान हिलोले भरिएको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो । उद्धारकर्ताले सुरुङभित्रबाट एक जनाको शवसमेत निकालेका छन् । शवको पहिचान भने हुन बाँकी छ ।

Kamana Sewa

प्राधिकरणका अनुसार आयोजनाको भूमिगत विद्युत् गृहमा इन्जिनियर तथा कर्मचारीसहित ४२ जना फसेको अनुमान गरिएको छ । त्यसमध्ये ठूलो संख्यामा मानिस विद्युत् गृह क्षेत्रमा रहेको अनुमान छ । जीवितै उद्धार गरिएका प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कबिर महर्जनको नेपाली सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । सेनाका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Classic Tech Desktop

थप मानिस फसेको हुनसक्ने भन्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ ।

प्रतिकृया