• १७ भदौ २०८३, बुधबार
  • ३ः२६ दिउँसो

प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)

प्रकाशित मिति

२०८३ भाद्र १७ गते, बुधबार ०२:३७

१७ भदौ २०८३ काठमाडौं — प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको संसद्लाई जानकारी दिएका छन्। संसद्को रोस्ट्रमबाट अहिलेसम्मको उद्धार तथा राहत कार्यबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको बताए।

उनले भोटेकोशीको बाढी हिमालय क्षेत्रमा हिउँ तथा हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढिरहेको बताए।

Kamana Sewa

सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार तथा घरबारविहीनको अस्थायी र दीर्घकालीन पुनःस्थापनाको काम सरकारले निरन्तर अघि बढाउने प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाए। कोही कतै छुट्नु हुने छैन,’ प्रधानमन्त्री शाहले संसद्मा भने

Classic Tech Mobile

प्रतिकृया