• १६ भदौ २०८३, बुधबार
  • १२:४१ बेलुका

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

प्रकाशित मिति

२०८३ भाद्र १७ गते, बुधबार ११:३४

बुटवल- भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनःस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, चितवनलगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जिवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्धेश्यले सो कोषमा रकम सहयोग गरेको बैंकले जनाएको छ।

Kamana Sewa

‘विपतको कठिन घडीमा प्रभावित नागरिकहरुको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायहरुलाई सहयोग पुर्‍याउने मानवीय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको हो,’ बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

Classic Tech Desktop

साथै, बाढीमा परी हालसम्म पनी सम्पर्कमा नआएका नागरीकहरुको सकुशल उद्धार एवम घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रतिकृया