• १५ भदौ २०८३, मंगलबार
  • १:५१ बेलुका

बाढीपछि बेपत्ता टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

प्रकाशित मिति

२०८३ भाद्र १६ गते, मंगलवार ०१:३४

१६ भदौ २०८३ काठमाडौं — रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा गोरखामा मृत अवस्थामा फेला परेका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव त्रिशूली नदीको गोरखातर्फको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार शव फेला परेपछि आवश्यक प्रक्रिया पूरा गरिएको छ। पोस्टमार्टमपछि परिवारले शर्माको शव बुझेका छन्।

Kamana Sewa

भन्सार अधिकृत शर्मा हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। यसैबीच, गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा हालसम्म ६५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया