• १४ भदौ २०८३, सोमबार
  • ८:०१ बेलुका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार ०७:५४

१५ भदौ २०८३ काठमाडौं — रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ९३९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म देशका विभिन्न स्थानबाट ९३९ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा २७९ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ।

Kamana Sewa

बाढीपछि हालसम्म तीन हजार ९२५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

Classic Tech Desktop

यस्तै, बाढीका कारण २७९ जना घाइते भएका छन्। घाइतेमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा दुई हजार ७०० जनाको उपचार गरेको पनि प्राधिकरणले जनाएको छ।

प्रतिकृया