• १४ भदौ २०८३, सोमबार
  • ५:२२ बेलुका

किन गरे प्रधानमन्त्री बालेन्द्र र रविबीच भेटवार्ता ?

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार ०४:१६

१५ भदौ २०८३ काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ। भेटका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा प्रभावित नागरिकको व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ।

उनीहरूबीच बाढी प्रभावित नागरिकको उद्धार र राहतलाई प्रभावकारी बनाउने तथा बाढीबाट क्षति पुगेका भौतिक संरचनाको पुनःस्थापनाका विषयमा समेत छलफल भएको थियो।

Kamana Sewa

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन्।

Classic Tech Mobile

प्रतिकृया