• १४ भदौ २०८३, सोमबार
  • १२:२६ बेलुका

रसुवा बाढी : प्रभावितको अस्थायी बसोबास प्रदेशले सम्हाल्ने, मृतक परिवारलाई २५ हजार

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार ११:१७

१५ भदौ २०८३ काठमाडौं — बागमती प्रदेश सरकारले रसुवा बाढीमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। विपद् प्रतिकार्य तथा पार्टीको भूमिकाबारे आयोजित छलफल कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले मृतकका परिवारलाई उक्त राहत उपलब्ध गराउने विषयमा सम्बन्धित स्थानीय तहलाई जानकारी गराइसकिएको बताए।

मुख्यमन्त्री थापामगरले बाढी प्रभावित नागरिकको अस्थायी बसोबास तथा खानपानको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने पनि बताए। उनले प्रभावित क्षेत्रका स्थानीय तहसँग समन्वय गरी राहत तथा पुनःस्थापनाको काम अगाडि बढाइएको जानकारी दिए।

Kamana Sewa

प्रदेश सरकारले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै सुरक्षित आवास र आवश्यक खाद्य व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको मुख्यमन्त्री थापामगरको भनाइ छ।

Classic Tech Mobile

प्रतिकृया