• १४ भदौ २०८३, सोमबार
  • १०:२२ बिहान

साउनमै घट्यो वाणिज्य बैंकहरूको कर्जा प्रवाह, १० बैंकको बढ्दा १० को घट्यो

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार १०:१४

१५ भदौ २०८३ काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह घटेको छ। साउन मसान्तसम्म २० वाणिज्य बैंकको कुल कर्जा प्रवाह असार मसान्तको तुलनामा १ अर्ब ७१ करोड रुपैयाँले घटेको हो।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार साउन मसान्तसम्म २० वाणिज्य बैंकले कुल ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। असार मसान्तसम्म यस्तो कर्जा प्रवाह ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ थियो। एक महिनाको अवधिमा बैंकहरूको कुल कर्जा प्रवाह ०.०३ प्रतिशतले घटेको देखिन्छ।

Kamana Sewa

साउनमा २० वाणिज्य बैंकमध्ये १० बैंकको कर्जा प्रवाह बढेको छ भने १० बैंकको घटेको छ।

Classic Tech Desktop

कर्जा प्रवाह बढाउने बैंकमध्ये लक्ष्मी सनराइज बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले एक महिनामै ६ अर्ब १० करोड रुपैयाँ कर्जा थपेको छ। असार मसान्तमा ३ खर्ब २० अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा बढेर ३ खर्ब २६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। प्रतिशतका आधारमा बैंकको कर्जा प्रवाह १.९० प्रतिशतले बढेको हो।

त्यस्तै, एभरेस्ट बैंकको कर्जा प्रवाह ५ अर्ब २३ करोड रुपैयाँले बढेको छ। बैंकको कर्जा असार मसान्तको २ खर्ब ४७ अर्ब ६५ करोड रुपैयाँबाट बढेर साउन मसान्तमा २ खर्ब ५२ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

ग्लोबल आईएमई बैंकको कर्जा पनि ३ अर्ब ८२ करोड रुपैयाँले बढेको छ। बैंकको कर्जा प्रवाह असार मसान्तको ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँबाट बढेर साउन मसान्तमा ४ खर्ब ८० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

नबिल बैंकको कर्जा प्रवाह ३ अर्ब १६ करोड रुपैयाँले बढेको छ। असार मसान्तसम्म ४ खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा ४ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

एनआईएमबी बैंकको कर्जा प्रवाह पनि २ अर्ब ३९ करोड रुपैयाँले बढेको छ। असार मसान्तको ३ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँबाट बढेर साउन मसान्तमा ३ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।

यता, स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह ५१ करोड रुपैयाँले बढेको छ। असार मसान्तमा ७० अर्ब ८२ करोड रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा ७१ अर्ब ३३ करोड रुपैयाँ पुगेको हो।

यस अवधिमा एनआईसी एसिया बैंकको कर्जा प्रवाहमा भने सबैभन्दा ठूलो गिरावट देखिएको छ। बैंकको कर्जा एक महिनामै ६ अर्ब २८ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ। असार मसान्तमा बैंकको कर्जा २ खर्ब ११ अर्ब १३ करोड रुपैयाँ थियो। प्रतिशतका आधारमा बैंकको कर्जा प्रवाह २.९७ प्रतिशतले घटेको छ।

प्रतिकृया