• १४ भदौ २०८३, सोमबार
  • ९:५० बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार ०८:५८

१५ भदौ २०८३ काठमाडौं — जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ। आज पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Kamana Sewa

रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भाग र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ। महाशाखाले कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

Classic Tech Desktop

मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ।

प्रतिकृया