• १३ भदौ २०८३, आइतबार
  • १२:०५ बेलुका

नक्कली बैंक स्टेटमेन्ट बनाएर बाढीपीडितका नाममा रकम उठाउन खोज्ने पक्राउ

प्रकाशित मिति

२०८३ भाद्र १४ गते, आईतवार ११:३१

१४ भदौ २०८३ काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा आफ्नो क्यूआर कोड राखेर रकम संकलन गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की पक्राउ परेका हुन्।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम प्रयोग गरी कार्कीले भ्रम सिर्जना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

Kamana Sewa

कार्कीले आफूले उक्त कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै च्याटजीपीटीको प्रयोग गरी नक्कली बैंक स्टेटमेन्ट तयार गरेको प्रहरीको भनाइ छ। उक्त नक्कली स्टेटमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले आफ्नो क्यूआर कोडसमेत राखेको अनुसन्धानबाट खुलेको छ।

Classic Tech Desktop

नक्कली विवरणमार्फत सर्वसाधारणलाई भ्रममा पारेर आफ्नो क्यूआर कोडमा रकम जम्मा गराउन खोजेको आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया