• १० भदौ २०८३, बिहीबार
  • १:१२ बेलुका

बाढी प्रभावितका लागि एनसेलले १ करोड सहयोग गर्ने

प्रकाशित मिति

२०८३ भाद्र ११ गते, बिहीबार ०१:०३

११ भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि सरकारको आह्वानमा एनसेलले उक्त सहयोग घोषणा गरेको हो।

यसैबीच, एनसेलले बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना ग्राहकलाई भ्वाइस, डेटा र १०० वटा एसएमएस तीन दिनसम्म निःशुल्क उपलब्ध गराएको जनाएको छ। यसबाट प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सम्पर्कमा रहन सहज हुने कम्पनीको अपेक्षा छ।

Kamana Sewa

एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु साझा जिम्मेवारी भएको बताउँदै उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरिएको जानकारी दिइन्।

Classic Tech Desktop

एनसेलले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएको जनाएको छ।

प्रतिकृया