• १० भदौ २०८३, बिहीबार
  • १:२४ बेलुका

विपद् पूर्वसूचनाका लागि नेपाल, चीन र भारतबीच संयन्त्र बनाउन लिङदेनको प्रस्ताव

प्रकाशित मिति

२०८३ भाद्र ११ गते, बिहीबार १२:३१

११ भदौ २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले विपद् पूर्वतयारी तथा पूर्वसूचनाका लागि नेपाल, चीन र भारतबीच त्रिपक्षीय सूचना तथा समन्वय संयन्त्र विकास गर्न प्रस्ताव गरेका छन्। सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा बोल्दै लिङदेनले चीनबाट प्राप्त पूर्वसूचनासमेत अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको देखिएकाले तीन देशबीच प्रभावकारी संयन्त्र आवश्यक रहेको बताएका हुन्।

‘विपद् पूर्वतयारी तथा पूर्वसूचनाका लागि नेपाल, चीन र भारतबीच त्रिपक्षीय सूचना तथा समन्वय संयन्त्र विकास गर्नुपर्छ,’ उनले भने। लिङदेनले उद्धार तथा प्रतिकार्यमा हुने राजनीतिकरण तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिँदै राहत, उद्धार तथा प्रतिकार्यका लागि सहयोग संकलनदेखि वितरणसम्म एकद्वार प्रणाली लागू गर्नुपर्ने बताए।

Kamana Sewa

उनले बाढीबाट प्रभावित तथा विस्थापित नागरिकका लागि अस्थायी पुनर्स्थापना तथा पुनर्वासको व्यवस्था तत्काल सुरु गर्नसमेत सरकारसँग आग्रह गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया