• १० भदौ २०८३, बिहीबार
  • ११:१२ बिहान

रसुवा बाढी : चीनसँग सूचना आदानप्रदान गर्न प्रचण्डको आग्रह

प्रकाशित मिति

२०८३ भाद्र ११ गते, बिहीबार १०:५४

११ भदौ २०८३ काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीको जोखिमबारे चीनसँग सूचना आदानप्रदानलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले थप बाढीको जोखिम र सम्भावनाबारे जनतालाई समयमै जानकारी गराउन आग्रह गरे। विपद्को सामना गर्न सबै राजनीतिक दल एकजुट भएर राहत, उद्धार र पुनःस्थापनामा जुट्नुपर्ने उनको भनाइ छ।

Kamana Sewa

बैठकमा रास्वपा सभापति रवि लामिछानेले राहत, उद्धारदेखि पुनःस्थापनासम्मका लागि सर्वदलीय समिति गठन गर्न प्रस्ताव गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया