• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

प्रकाशित मिति

२०८३ भाद्र ५ गते, शुक्रबार ०४:१७

काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन्।

National Life

पदबहाली गर्दै कार्कीले सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र पारदर्शी बनाउँदै कोषको काम अघि बढाउने प्रतिबद्धता जनाए।

कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकताका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउन विशेष जिम्मेवारीका साथ काम गर्ने उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका कार्कीले कोषको कार्यप्रणालीबारे आफू जानकार रहेको भन्दै आगामी दिनमा संस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

प्रतिकृया