• २१ असोज २०८३, बुधबार
  • ३ः०५ दिउँसो

साउनमा ७० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार ०५:२०

२ भदौ २०८३ काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा ७० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा कुल ७० हजार ४४१ जनाले अन्तिम श्रम स्वीकृति लिएका हुन्।

National Life

तीमध्ये ४२ हजार ६९३ जना नयाँ श्रम स्वीकृति लिने र २७ हजार ७४८ जना पुनः श्रम स्वीकृति लिने रहेका छन्। विदेशिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला छन्। गन्तव्यका हिसाबले संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो रोजाइमा परेको छ। साउनमा यूएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६०, साउदी अरबका लागि ८ हजार ६१३ र कुवेतका लागि ४ हजार ५६७ जनाले श्रम स्वीकृति लिएका छन्।

युरोपेली मुलुकतर्फ पनि नेपाली श्रमिकको आकर्षण बढेको देखिएको छ। रोमानियाका लागि २ हजार ९०८, पोर्चुगलका लागि १ हजार १७९ र साइप्रसका लागि १ हजार १६ जनाले श्रम स्वीकृति लिएका छन्। सीपका आधारमा विदेश जानेमध्ये दक्ष श्रमिकको संख्या सबैभन्दा धेरै छ। कुल श्रम स्वीकृति लिनेमा ४० हजार ४९६ दक्ष, १७ हजार ९९९ अदक्ष र ११ हजार ४६५ अर्धदक्ष श्रमिक रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

साउनको तथ्यांकले नेपाली श्रमिकको वैदेशिक रोजगारीको गन्तव्य खाडी तथा मलेसियासँगै युरोपेली मुलुकतर्फ पनि विस्तार हुँदै गएको देखाएको छ।

प्रतिकृया