• २१ असोज २०८३, बुधबार
  • ३ः०४ दिउँसो

अनलाइन व्यापार गर्न विभागमा अनिवार्य दर्ता हुनुपर्ने

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार ०२:२७

२ भदौ २०८३ काठमाडौं – सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत भइरहेको व्यापारिक गतिविधिलाई नियमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडाइ गरेको छ। विभागले फेसबुक, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जाल तथा विभिन्न एपमार्फत व्यापार गर्ने सम्पूर्ण ई–कमर्स व्यवसायीलाई विभागमा अनिवार्य दर्ता तथा सूचीकृत हुन निर्देशन दिएको हो।

National Life

विभागले सार्वजनिक सूचना जारी गर्दै विनादर्ता सञ्चालन भइरहेका अनलाइन व्यवसायमाथि निगरानी बढाइएको जनाएको छ। कानुनबमोजिम दर्ता तथा सूचीकृत नभई व्यवसाय सञ्चालन गरे कडा कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ।

ई–कमर्सको दायरामा भौतिक वस्तुको अनलाइन किनबेच मात्र नभई इन्टरनेट वा मोबाइल एपमार्फत सेवा प्रवाह गर्ने विभिन्न क्षेत्रसमेत समेटिएका छन्। विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य, बैंकिङ, पर्यटन, यातायात, परामर्श तथा इन्जिनियरिङलगायतका सेवा प्रदायकले पनि अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो समय अनलाइन कारोबारका क्रममा ठगी हुने, गुणस्तरहीन वस्तु तथा सेवा बिक्री हुने र उपभोक्ता भ्रममा पर्ने गुनासो बढेपछि विभागले अनलाइन व्यापार तथा सेवाको नियमनमा कडाइ गरेको हो। विभागले आम उपभोक्तालाई पनि आधिकारिक तथा सूचीकृत प्लेटफर्ममार्फत मात्र वस्तु तथा सेवा खरिद–बिक्री गर्न आग्रह गरेको छ।

प्रतिकृया