• २१ असोज २०८३, बुधबार
  • ३ः२० दिउँसो

नेपाल एसबिआई बैंकको अध्यक्षमा मनिष कुमार चान्दना चयन

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार ११:५८

२ भदौ २०८३ काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना सर्वसम्मतिबाट चयन भएका छन्। भारतीय स्टेट बैंक (एसबीआई) को प्रतिनिधित्व गर्दै आएका सञ्चालक चान्दनालाई बैंकको ५४८औँ सञ्चालक समिति बैठकले सोमबार अध्यक्षमा चयन गरेको हो।

National Life

नवनियुक्त अध्यक्ष चान्दनाले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

चान्दना हाल एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूह–२ मा मुख्य महाप्रबन्धकका रूपमा कार्यरत छन्। उनले एसबीआईको पूर्वी तथा दक्षिण एसिया, सिङ्गापुर र अस्ट्रेलियालगायतका अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालन तथा विश्वभर रहेका प्रमुख विदेशी सहायक बैंकहरूको रणनीतिक नेतृत्व सम्हाल्दै आएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, कार्यकारी निर्देशकहरू राम पौडेल र दीर्घबहादुर रावल तथा निर्देशक शरणकुमार अधिकारीको उपस्थिति थियो। कार्यक्रममा एसबीआई भारतका उपप्रबन्ध निर्देशक किशोरकुमार पोलदासलगायत सहभागी थिए।

त्यस्तै, बैंकका सञ्चालकहरू रितेश सिन्हा, भरत राज वस्ती र अप्सरा उप्रेती, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत प्रविण मुनि बज्राचार्य र कम्पनी सचिव खगेश्वर भट्टलगायत बैंकका उच्च पदाधिकारीहरूको सहभागिता थियो।

प्रतिकृया