• २४ भदौ २०८३, बुधबार
  • ६ः५४ बिहान

नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक :प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ आश्विन २८ गते, मंगलवार ०२:४७

काठमाण्डौं , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक भएको बताएका छन् ।

National Life

अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धनका लागि दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान र विद्वताका नेपाल अब्बल मुलुक भएको बताएका हुन् ।

अरु देशका मानिस ढुंगाको भरमा शिकार गर्दैैगर्दा नेपालमा बेदका ऋचाहरुको रचना भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘न्युटनले गूरुत्वाकर्षणको नियम पत्ता लगाउनुभन्दा धेरै अघि भाष्कराचार्यले यो नियम पत्ता लगाएका हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘उनीहरुले प्रचारप्रसार गरेर हाम्रा पुर्खाले पत्ता लगाएको कुरालाई ओझेल पारे ।’

Classic Tech Mobile
Classic Tech Desktop

पुर्खाहरुले आफ्नो अनुभूतीलाई ज्ञानको रुपमा विकास गर्न हजारौं वर्षअघि योगदान गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेपालमा अहिले व्यवस्था परिवर्तन भएर थिती विधी बसेको बताए । कतिपयलाई थिती र विधिको शासन मन नपरेर आलोचना गरिरहेको उनले टिप्पणी गरे ।

प्रतिकृया