• २४ भदौ २०८३, बुधबार
  • ६ः३२ बिहान

को को छन् मन्त्रीको दौडमा ? ६ मन्त्री हटाउनेमा प्रधानमनत्री ओली ,

प्रकाशित मिति

२०७६ आश्विन २८ गते, मंगलवार ०२:३५

काठमाण्डौं, प्रधानमन्त्री केपी शर्मा ओली सरकार गठनको करिब २० महिना पुरा हुनै लाग्दा मन्त्रीहरु हेरफेर गर्ने तयारीमा जुटेका छन। ओलीको नेतृत्त्वको सरकार गठनको २० महिना हुने लाग्दा सरकारप्रति सर्वसाधारण नागरिकको बिश्वास बढाउन नसकिएको निष्कर्षसहित मन्त्रिपरिष पुनर्गठन गर्नुपर्ने निष्कर्षमा नेकपा सरकार पुगेको हो।

National Life

प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्रीलाई बिदा दिन चाहेपनि धेरैलाई एकै पटक निकाल्दा गलत संदेश जाने भन्दै अहिलेलाई केहिको जिम्मेवार हेरफेर र केहीलाई विदा दिनुपर्ने अर्का अध्यक्ष पुष्प कमल दाहालको प्रस्तावमा ६ जना मन्त्रीलाई बर्खास्त गर्न लागिएको स्रोतले जनाएको छ।

दशैं लगत्तै मन्त्री पुनर्गठनको तयारी रहेपनि चिनियाँ राष्ट्रपतिको भ्रमणमा प्रभाव पर्ने भन्दै शिर्ष नेतृत्त्व सी को भ्रमणपछि मात्र उनीहरुलाई बिदा दिने निष्कर्षमा पुगेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्राप्त जानकारीअनुसार पद मुक्त हुने मन्त्रिको सूचिमा पहिलो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ रहेका छन। त्यस्तै अन्यमा खानेपानी मन्त्री बिना मगर, कृषि मन्त्री बलदेब खनाल, खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल, वन मन्त्री शक्ति बहादुर बस्नेत, उद्योग मन्त्री मात्रृका यादव छन्।

अहिलेलाई खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापालाई नहटाई उनीहरु मन्त्रालय हेरफेर हुन सक्ने बताइएको छ। यता सञ्चार मन्त्री गोकुल बास्कोटाको पद पनि खतराको सूचिमै रहेको स्रोतको दाबी छ। अर्थमन्त्री डा युबराज खतिवडाको कार्यकाल यहि फागुनमा स्वत सकिने भएकाले उनलाई चैतदेखिनै बिदा दिने नेकपा सरकारको तयारी छ।

मन्त्री पुनर्गठनको चर्चासंगै मन्त्रीमा नयाँ अनुहारको चर्चा सुरु भएको छ। अध्यक्ष दाहालले सांसद जनार्दन शर्मा, देबेन्द्र पौडेल, प्रभु शाहलाई मन्त्रीका लागि प्रस्ताव गरेका छन। त्यस्तै भिम रावल, सुरेन्द्र पाण्डे देखि महेश बस्नेत तथा शान्ता चौधरी, पम्फा भुषाल पनि मन्त्री बन्ने दौडमा छन् ।

बिजपाटीलाई प्राप्त जानकारीअनुसार प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन कात्तिक ७ गते अजरबैजान जान पुर्वनै मन्त्रीमंडल पुनर्गठन गर्ने तयारीमा छन। सोमबार अर्थात असोज २७ गतेको नेकपा सचिवालयको बैठकले ठोस निर्णय गर्न सक्ने सम्भावना रहेको छ।

प्रतिकृया