• १६ असोज २०८३, शुक्रबार
  • १०ः३६ बिहान

माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

प्रकाशित मिति

२०८३ श्रावण २७ गते, बुधबार ०९:३९

२७ साउन २०८३ काठमाडौं –  माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको ८६ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरूको ६० लाख २० हजार कित्ता गरी कुल ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो।

National Life

कम्पनीको शेयर कारोबार आज बुधबारदेखि सुरु हुने भएको छ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयरलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ।

यससँगै कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया